दफा ३६३
फलोपभोगको व्यवस्था बहाल रहने अवधि

(१) फलोपभोगको व्यवस्था करारमा उल्लेख भएको अवधिसम्मको लागि बहाल रहनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा उल्लेख भएकोमा बाहेक देहायको अवधिभन्दा बढी फलोपभोगको व्यवस्था बहाल रहने छैन :–
(क) कुनै प्राकृतिक व्यक्ति फलोपभोगी भएमा निजको मृत्यु भएको वा फलोपभोगको व्यवस्था भएको उनन्पचास वर्ष पूरा भएकोमध्ये जुन पहिले हुन्छ त्यस्तो अवधि,
(ख) कुनै कानूनी व्यक्ति फलोपभोगी भएमा त्यस्तो व्यक्ति विघटन भएको वा फलोपभोगको व्यवस्था भएको उनन्तीस वर्ष पूरा भएकोमध्ये जुन पहिले हुन्छ त्यस्तो अवधि । स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि “विघटन” भन्नाले कानूनी व्यक्तिको खारेजी, लिक्विडेशन, दर्ता खारेजी वा दामासाहीमा परेको अवस्था समेत सम्झनु पर्छ ।
(३) एकभन्दा बढी व्यक्ति फलोपभोगी भएकोमा करारमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै फलोपभोगीको मृत्यु वा विघटन भएको अनुपातमा फलोपभोगको सम्पत्ति स्वामित्ववालामा हस्तान्तरण हुनेछ ।